एसियाली मुलका अमेरिकीहरुमाथि दुर्व्यवहार गर्ने अश्वेत नागरिक पक्राउ

बिएल संवाददाता

वासिङ्टन डीसी

एसियाली मुलका अमेरिकीहरुलाई सार्वजनिक स्थानमा दुर्व्यवहार गर्ने २७ वर्षीय अश्वेत जोसेफ रुसो पक्राउ परेका छन्।

उनलाई न्यु योर्क प्रहरीले पक्राउ गरेको हो। रुसोले फरक फरक स्थानमा ३ एसियाली अमेरिकीहरुमाथि दुर्व्यवहार गरेका थिए।

रुसोले पहिलो पटक सडकमा हिडिरहेकी चिनियाँ मुलकी ६४ वर्षीया एक महिलालाई गत सोमबार  बिनाकारण मुक्का प्रहार गरेका थिए। उनले दोस्रो पटक मार्च २२ तारिखमा सडक पार गर्न लागेकी एक फिलिपिनो मुलकी महिलालाई घाँटी थिचेर मार्न खोजेका थिए। त्यस्तै उनले तेश्रो पटक तरकारी खरिद गरिरहेकी चिनियाँ मुलकी महिलाको तरकारीमा मुत्र त्याग गरेका थिए। 

गत एक बर्षमा अमेरिकाभरी ३ हजार ७ सय ९५ वटा घृणाको अपराध भएको प्रहरी स्रोतले जनाएको छ। 

अमेरिकामा घृणाको अपराधलाई जघन्य अपराध मानिन्छ। पक्राउ परेका रुसोलाई अधिकतम देश निकालासम्मको सजाय पनि हुन सक्नेछ। 

प्रकाशित मिति: : 2021-04-09 11:22:00

प्रतिकृया दिनुहोस्