६०० स्थानीय तह अहिले पनि दमकलविहीन

अनलाइनखबर

काठमाडौं

ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा १८ फागुनमा आगलागी हुँदा ५८ घर जले। बिहान ९ बजे स्थानीय भोला पौडेलको घरमा विद्युत् ‘सर्ट’ भएर सल्किएको आगो क्षणभरमै बस्तीमा फैलियो।

आगलागी नियन्त्रणका लागि जिल्लामा एउटा मात्रै दमकल थियो, सदरमुकाम फुङलिङ बजारमा।

‘फुङलिङबाट एक घन्टामा दमकल आइपुग्दा बस्तीभरि आगो फैलिनबाट रोक्न सक्ने अवस्था रहेन’ गाउँपालिकाका अध्यक्ष गणेश लिम्बूले भने, ‘सानो बजार आगो तीव्र गतिमा फैलिरहेको थियो, एउटा दमकलले कति नै रोक्न सक्थ्यो र !’

उनको भनाइमा, तत्काल आगो नियन्त्रणमा लिन सम्भव नदेखिएपछि जोडिएका मध्ये स्काभेटर प्रयोग गरेर केही घरहरू भत्काएर आगो फैलिनबाट रोकिएको थियो। तर त्यतिबेलासम्म बजारको आधा भाग जलिसकेको थियो।

प्रकाशित मिति: : 2021-04-09 10:41:00

प्रतिकृया दिनुहोस्