वीर अस्पताल आफैं बिरामी ! बिग्रिएका मेसिनको ‘उपचार’ भएन

अस्पताल प्रशासनको लापरवाहीले बिरामीहरु मर्कामा

रातोपाटी

काठमाडौं

वीर अस्पतालको टिकट काउन्टरमा ‘टोकन नम्बर लिई टिकटका लागि लाइनमा बसी सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ’ लेखिएको ब्यानर झुण्डिएको छ। तर, ब्यानरमा भनेअनुसार टोकन नम्बर लिने डिस्प्ले मेसिनले काम गर्न छाडेको महिनौं बितिसकेको छ।

सरकारले कोरोना संक्रमणको दर बढिरहेको भन्दै भिडभाड नगर्न र सुरक्षाको सावधानी अपनाउन भनिरहँदा वीर अस्पतालमा भने उपचारका लागि पुग्नेहरूले सावधानी अपनाएको पाइएन। अस्पताल प्रशासनले पनि कुनै सजगता अपनाएको देखिएन।

टोकन सिस्टमले काम नगरेपछि अस्पतालमा सेवाग्राहीको भिड लाग्ने गरेका कारण कोरोना संक्रमणको जोखिम बढेको सेवाग्राहीको गुनासो छ। देशभरबाट उपचारका लागि सर्वसाधारण नागरिक आउने अस्पतालमध्ये वीर अस्पताल एक हो।

प्रकाशित मिति: : 2021-04-08 17:10:00

प्रतिकृया दिनुहोस्