नेपाली राजनीतिको अलमल

राजनीति राजमार्गमा हिँड्दैन र यसले आफ्नो चाल सधैँ बक्ररेखामा चाल्छ भन्ने अब्बल नमुना यतिवेलाको नेपाली राजनीति बनेको छ।

अझ त्यो ‘ओली–घुमाइ’मा पर्‍यो भने त त्यसको दुर्दशा हुनबाट कसले रोक्न सक्छ? ‘ह्याङ’ भएको कम्प्युटरको गोलचक्कर घुमेजस्तो घुमेको छ।

कति वेला ‘कर्सर’को ‘एरो’ प्रकट होला र इच्छित प्रोग्राम खोल्न मिल्ला कसलाई थाहा? त्यसैले त हिजो संसद् विघटनका विरुद्ध आन्दोलनमा उत्रिएका राजनीतिक दलहरू अदालतले त्यसको पुनर्बहाली गरेपछि सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन र नयाँ सरकार बनाउन जुन हदमा अग्रसर हुनुपर्ने हो त्यो देखिएन।

अझ एक–अर्काको ढेस्सा लाएर र एक–अर्कालाई आरोप–प्रत्यारोप गरेरै तिनको दिन बितिरहेको छ। प्रश्न उठ्छ, अखिर गाँठो कहाँ पर्‍यो र मुलुक अनिर्णयको बन्दी बन्यो ? अबको राजनीतिक परिदृश्य कस्तो होला ?

प्रकाशित मिति: : 2021-04-08 05:51:00

प्रतिकृया दिनुहोस्