कोरोनाका कारण पाँचखाल लगानी सम्मेलन अन्योलमा

बिएल संवाददाता

काभ्रेपलाञ्चोक

पाँचखाल नगरपालिकाले गत आर्थिक वर्षको अन्त्यतिर गर्ने भनिएको लगानी सम्मेलन त्यतिबेला कोरोना भाइरस्को सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि रोकिएको थियो।

रोकिएको लगानी सम्मेलन नगरले चालू आर्थिक वर्षमा गर्ने कार्यतालिका बनाए पनि पुनः कोरोना भाइरस्को सङ्क्रमण बढ्नसक्ने भएपछि रोकिएको छ।

लगानी लम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यपालिकाको योजना कोरोना भाइरस् सङ्क्रमणका कारण योजनामै सीमित भएको देखिएको छ। कोरोना भाइरस् सङ्क्रमणको दोस्रो लहर बढ्दै सङ्क्रमण बढ्ने भएपछि स्थानीय प्रशासनको सार्वजनिक अपिलसँगै नगरका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाइएको छ।

“यो आर्थिक वर्षमा गर्ने लक्ष्य राखेका थियौँ तर भाइरस् बढ्नसक्ने देखिएपछि प्रशासनको आग्रहमा नगरका सबै कार्यक्रम स्थागित ग¥यौँ”, नगरप्रमुख महेश खरेलले भने।

खरेलका अनुसार कोरोना सङ्क्रमण शून्य भएपछि चालू आर्थिक वर्षको उपयुक्त समय हेरेर लगानी सम्मेलनको तयारी गर्ने योजना पुनः बनाइने योजना थियो। नगरले गत आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न प्रारम्भिक बजेटसमेत विनियोजन गरिसकेको थियो।

 यसअघि स्थानीय तहअन्तर्गत पहिलो पटक गत साल असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरी स्वेदेशीसहित विदेशी लगानीकर्ताबाट १५ अर्ब भन्दा बढीको लगानी प्रतिबद्धता दर्शाएका थिए। 

प्रकाशित मिति: : 2021-04-07 18:43:00

प्रतिकृया दिनुहोस्