विश्व प्रख्यात अर्थशास्त्री रबर्ट मुण्डेलको निधन

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : Nobelprize.org
Photo : Nobelprize.org

'फादर्स अफ युरो'को नामले प्रख्यात अर्थाशास्त्री तथा अर्थसास्त्रमा नोबेल पुरस्कार बिजेता रबर्ट मुण्डेलको निधन भएको छ। इटलीको टस्कन शहरमा उनको निधन भएको हो।

उनको निधन सोमबार भएपनि त्यसको सुचना बुधबार मात्र दिइएको छ। विभिन्न विनिमय दर व्यवस्थाको आधारमा मौद्रिक तथा राजकोषीय नीतिको क्षेत्रसहित इष्टतम मुद्रा क्षेत्रमा उनको विश्लेषणलाई सन् १९९९ मा नोबेल पुरस्कार प्रदान गरिएको थियो।

उनकै अनुसन्धानलाई आधार मानेर युरोपभरि एउटै मुद्राको प्रचलन भयो, जसलाई युरो भनिन्छ। अन्तराष्ट्रिय मुद्रा कोषद्वारा निर्माण भएको प्रोफाइल अनुसार मुण्डेल आधुनिक अर्थशास्त्रको क्षेत्रका अग्रणी थिए। यसकारण उनलाई 'फादर्स अफ युरो'को नामले पनि चिनिन्छ।

२४ अक्टुबर १९३२ मा किंग्सटन, क्यानडामा जन्मेका अर्थशास्त्री मुण्डेलका 'म्यान एण्ड इक्नोमिक्स', 'मनिटरि थेउरी' जस्ता अनेकौं पुस्तकहरु चर्चित छन्। 

प्रकाशित मिति: : 2021-04-06 19:00:00

प्रतिकृया दिनुहोस्