न्युजील्याण्डमा ६.१ मेग्नीच्युटको भुकम्प

न्युजील्याण्डमा सोमबार ६ दशमलब १ मेग्नीच्युट तिब्रताको भुकम्प गएको छ।  भुकम्प स्थानीय समय अनुसार बिहान ७ बजेर ३७ मिनेटमा गएको हो। 

भुकम्पको झट्का सबैभन्दा बढी नर्थ आइल्याण्डमा महशुस गरिएको छ। र भूगर्भीय खतरा सूचना केंद्र, जियोनेटका अनुसार भुकम्पको केन्द्रबिन्दु पूर्वी केप क्षेत्रको तेरा अरोमाबाट १ सय २० किलोमिटर पूर्वमा र ३३ किलोमिटर गहिरोमा अवस्थित रहेको बताईएको छ।

जियोनेटका अनुसार ७ हजार ८ सयजति पराकम्प र केही स्थानमा सुनामी आउन सक्ने खतरा रहेकोले सुरक्षित स्थानमा रहन सबैलाई सुचित गरिएको रोयटर्सले जनाएको छ।

भुकम्पबाट कुनै किसिमको ज्यानधनको क्षति भने भएको छैन।

प्रकाशित मिति: : 2021-04-05 18:01:00

प्रतिकृया दिनुहोस्