काठमाडौंमा खनाल–नेपाल समूहको समानान्तर जिल्ला कमिटी

प्रदेश सांसद वसन्त मानन्धरको अध्यक्षतामा दुई सय २५ सदस्यीय कमिटी गठन

‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ सार्वजनिक गरेको अर्को दिन एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले संघीय राजधानी काठमाडौंबाट समानान्तर जिल्ला कमिटी गठन गरेको छ। आइतबार काठमाडौंमा अगुवा कार्यकर्ता भेला आयोजना गरेर खनाल–नेपाल समूहले देशव्यापी समानान्तर कमिटी गठनको औपचारिक अभियान अगाडि बढाएको हो।

भेलाले प्रदेश सभा सांसद वसन्त मानन्धरको अध्यक्षतामा दुई सय २५ सदस्यीय समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ। मानन्धर तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूहमा पनि अध्यक्ष थिए। यद्यपि, अभियानअगाडि नै खनाल–नेपाल समूहले अर्घाखाँची, कास्की र गोरखालगायत केही जिल्लामा समानान्तर जिल्ला कमिटी घोषणा गरिसकेको छ। 

प्रकाशित मिति: : 2021-04-05 06:18:00

प्रतिकृया दिनुहोस्