देशभर पछिल्लो २४ घण्टामा थप १७६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार ४५६ जनाको नमूना परीक्षण गर्दा १७६ जनामा सङ्क्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ।
पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ११७ जना छन्। योसँगै उपचार पछि निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार २४० पुगेको छ।
अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६७२ रहेका छन्।
त्यसैगरी पछिल्लो २४ घण्टामा कारोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म तीन हजार ३२ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।