नयाँ बजेटबारे निजी क्षेत्र : सरकारसँग के माग्ने ? कति माग्ने ?

यसपटक दबाव नदिने, नीतिगत सुझाव मात्रै दिने

रातोपाटी

काठमाडौं

सरकारी तवरबाट नयाँ बजेटबारे विभिन्न रणनीतिक योजनाहरु बन्दै गर्दा निजी व्यवसायिक क्षेत्रले चाहिँ आगामी बजेटलाई कसरी हेरिरहेका होलान्? सधैँजसो सरकारसमक्ष मागका चाङ लगाउने उद्योगी व्यवसायीहरुको यसपटकको योजना र रणनीति के छ? 

आगामी आर्थिक वर्षको बजेटको तिब्र तयारी चलिरहँदा निजी व्यवसायीहरु भने मौनजस्तै देखिएका छन्।

मन्त्रालय र राष्ट्रिय योजना आयोगले बजेटको तयारी गरिरहँदा निजी व्यवसायीहरु भने आगामी बजेटमा ‘पुस नगर्ने’ रणनीति बनाएको बताउँछन्।

निजी व्यवसायीहरुका तीनवटै छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले अहिलेसम्म बजेटको विषयलाई लिएर सरकारसँग एकपटक पनि छलफल गरेका छैनन्।

सरकारलाई कुनै सल्लाह–सुझावसमेत दिएका छैनन्।के कस्तो विषयमा सरकारलाई सुझाव दिने भन्नेमा आफूहरु आन्तरिक गृहकार्यमै रहेको उद्योगी–व्यवसायीहरुको भनाइ छ।

प्रकाशित मिति: : 2021-04-04 10:33:00

प्रतिकृया दिनुहोस्