कांग्रेसमा क्रियाशील सदस्यता विवादको गुदी : कार्यकर्ता होइन, अनुयायीमा रुचि

अनलाइनखबर

काठमाडौं

पारीवारिक पृष्ठभूमि नेपाली कांग्रेस भएका बैतडीको सूर्नया गाउँपालिका १ का पदमराम टेलरलाई कांग्रेसको आदर्श, सिद्धान्त र वीपीको समाजवाद मन प-यो।

उनले ४ कार्तिक २०७६ मा पार्टी सभापति शेरबहादुर देउवाको हातबाट साधारण सदस्यता लिए।

कांग्रेसको आसन्न १४ औं महाधिवेशनको तयारीस्वरुप पार्टीले चैत १० गतेभित्र नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने समयसीमा तय ग-यो।

पदमरामले क्रियाशील सदस्यताका लागि सूर्नया गाउँपालिका वडा नम्बर १ वडा सभापति धौल चन्दलाई आवेदन दिए। त्यहाँ उनलाई सदस्यता दिने प्रक्रिया अघि बढेन।

‘त्यसपछि म पार्टीबाट जितेका सूर्नया गाउँपालिका अध्यक्ष तथा कांग्रेस जिल्ला समितिका सचिव समेत रहेका बीरबहादुर विष्टकहाँ पुगेँ’, पदमरामले भने, ‘त्यसपछि मैले गाउँपालिकाका पार्टी सभापति र जिल्ला समितिमा क्रियाशील सदस्यका लागि बोधार्थ दिएँ, तर पनि मलाई क्रियाशील सदस्यता दिइएन।’

प्रकाशित मिति: : 2021-04-04 10:07:00

प्रतिकृया दिनुहोस्