केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनै पर्ने सबैभन्दा ठूलो इख माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई छ।
– ओली सरकार माओवादीकै समर्थनमा टिकिरहेको छ।
– ओली गर्जिएर भन्छन्, ‘हुती छ भने समर्थन झिकेर देखाऊ।’
– समर्थनको साँचो दाहालकै हातमा छ, तर उनी झिक्न आलटाल गरिरहेका छन्।
किन ? यही अचम्मको विरोधाभासमा नेपाली राजनीति घुमिरहेको छ। त्यसका केही जटिलता छन्, जुन वर्तमानमा दाहाल भोगिरहेका छन्।