उदितका छोरा आदित्यपनि कोरोनाबाट संक्रमित

Photo : India TV
Photo : India TV

उदित नारायण झाका छोरा गायक तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आदित्य नारायण र उनको श्रीमती श्वेता अग्रवाललाई कोरोना पोजिटिभ भएको छ।

शनिबार आदित्यले यसको जानकारी सोसल मिडियामार्फत दिएका हुन्। उनले लेखेका छन्,‘दुर्भाग्यले म र मेरो श्रीमती श्वेतालाई कोभिड–१९ पोजेटिभ भएको छ। हामी क्वारेन्टाइनमा छौं। कृपया सुरक्षित रहनुहोला।’

आदित्य र श्वेताले २०१० मा रिलिज भएको फिल्म ‘शापित’मा काम गरेका थिए। यहीबाट दुईबीच प्रेम बढेको थियो। करिब १० वर्ष डेट गरेपछि गत डिसेम्बरमा उनीहरूको बिहे भएको हो। 

आदित्य हाल ‘इन्डियन आइडल’ को १२ औं सिजनमा प्रस्तोताको काम गरिरहेका छन्

प्रकाशित मिति: : 2021-04-04 08:03:00

प्रतिकृया दिनुहोस्