भारतमा कोरोना बढेपछि स्वदेश फर्किनेको लर्को, सुदूरपश्चिमका दुई नाकाबाट एक सातामै आइपुगे ८ हजार

नेपाल खबर

महेन्द्रनगर

पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेपछि नेपालको पश्चिमी सीमा नाकाबाट स्वदेश फर्किनेको लर्को लाग्न थालेको छ।

भारतमा कोरोना भाइरसको दोस्रो लहर तीव्र बनेको र कतिपय ठाउँमा लकडाउन समेत घोषणा हुन थालेपछि रोजगारीका लागि त्यहाँ गएका नेपालीहरु स्वदेश फर्किन थालेका हुन्।

भारतमा कोरोना संक्रमण फेरि तीव्र बनेपछि लकडाउन भएर बिचल्लीमा परिने हो कि भन्ने त्रासले आफूहरु फर्किन बाध्य भएको कैलालीको टीकापुरका विवेक परियार बताए।

‘७ महिनाअघि लकडाउनकैबीच कामको खोजीमा दिल्ली गएको थिएँ’, परियारले भने, ‘अहिले फेरि त्यता कोरोना संक्रमण बढिरहेको छ। त्यसैको त्रासका कारण घर फर्किएको हुँ।’

प्रकाशित मिति: : 2021-04-02 15:21:00

प्रतिकृया दिनुहोस्