SEX AT DAWN, TIGER FOR BREAKFAST, और रात पश्मीने की

शिलापत्र

काठमाडाै‌ं

कुमार नगरकोटी

केही वर्षअघि । पोखराको लेकसाइडमा बसेको थिएँ । महिना दिन जति । फिल्मको स्क्रिन–प्ले लेख्न । होटल स्नोल्यान्डमा ।

एक साँझ घुम्दै फिर्दै ‘मण्डला’ किताबखाना पुगेँ । बुक–सर्फिङ गर्दै जाँदा एउटा आकर्षक शीर्षक भएको किताबमा मेरो नजर पर्‍यो । उक्त किताब –SEX AT DAWN– लाई  ओल्टाइपोल्टाइ हेरेँ ।

ढेबा बोकेको थिइनँ । अर्काे दिन किनूँला भनी पसलबाट निस्केँ । तर, भोलिपल्टको साँझ जाँदा किताब त अरु कसैले किनेर लगिसकेको रहेछ । 

केही महिनाअघि मलाई त्यो किताबको हठात् याद आयो । भूपेन्द्र खड्कालाई त्यो किताब कुनै पनि हालतमा  मलाई उपलब्ध गराइदिनू भनी जंगी आग्रह गरेँ । ‘भेटिएर छुट्नुभन्दा नभेटिएकै जाति हुन्थ्यो’ जस्तो गीत रच्ने गीतकारले त्यो किताब काठमान्डुका सम्पूर्ण पुस्तक पसलहरूमा छापा मार्दा पनि भेटेनन् ।

‘किताब यात्रा’ का ऋषि अधिकारी ‘किताब–जात्रा’ को आयोजना गर्दै रहेछन् । सतहत्तर सालको काठमान्डु लिट्रेचर फेस्टिभल । यस पटक टेलिभिजनमा । ती मनुवा एक दिन मलाई भेट्न मंगलबजारको कफी–घाटमा आए । कालो झ्यापुल्ले दाह्री सुम्सुम्याउँदै तिनले नियोजित आग्रह गर्दै भने, 'कुमार दाइ, यो वर्ष फेस्टिभलको एउटा सेसनमा त जसरी भए पनि बस्नुपर्‍यो ।'

प्रकाशित मिति: : 2021-04-02 11:18:00

प्रतिकृया दिनुहोस्