के गर्दैछन् सिके राउत ? दर्जनौं कार्यकर्ता अझै जेलमा

रातोपाटी

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीसँग २०७५ फागुन २५ गते  सम्झौता गरेर हात मिलाउनुअघि डा. सिके राउतको देशैभरि चर्चा हुने गर्दथ्यो।

तराईलाई अर्कै देश बनाउने राउतको भाषणदेखि लिएर उनी गिरफ्तारीमा परेका समाचार बारम्बार आइरहन्थे। तर, मूलधारको राजनीतिमा आएपछि भने राउत एकाएक चर्चाविहीन बनेका छन्।

अहिले ‘जनमत पार्टी’ का अध्यक्ष सिके राउत के गर्दैछन् त? यसबारे रातोपाटीले खोजीनीति गर्दा उनी पार्टीको महाधिवेशनको तयारीमा व्यस्त भेटिए। राउत नेतृत्वको जनमत पार्टीको प्रथम महाधिवेशन आगामी चैत २७ र २८ गते जनकपुरमा हुँदैछ।

स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच भएको ११ बुँदे सम्झौता पालना भएको र सरकारले सकारात्मक दिशामा कदम चालेको भन्दै सिके राउतको दल ‘जनमत पार्टी’ ओली सरकारसँग सन्तुष्ट देखिएको छ।

प्रकाशित मिति: : 2021-04-01 17:29:00

प्रतिकृया दिनुहोस्