महिनाको पाँच दिन मलाई शान्तिले बस्न देऊ

शिलापत्र

काठमाडाै‌ं

 स्वस्तिका बख्रेल

त्याे दिन कक्षा कोठामा मलाई शारीरिक रूपमा निक्कै अप्ठेराे महसुस भइरहेकाे थियाे । चिसाे अनुभव गरिरहेकी थिएँ । हल्का पेट पनि दुखिरहेकाे थियाे । महिनावारी भयाे कि भन्ने लाग्याे । तर, म निश्चित थिइनँ । निक्कै अहसज भएपछि शाैचालय गएँ । त्यहाँ पुगेपछि यकिन भयाे, अघिकाे चिसाे । मेराे भित्री कपडा रगतले भिजेकाे रहेछ ।

प्याड पाइने आशामा म शिक्षक कक्षतिर गएँ । त्यहाँ बसेका शिक्षकहरूसँग प्याड माग्न अप्ठेराे लाग्याे । शिक्षिकाहरू कक्षा पढाउन गएकाले म केहीबेर अफिसमै कुरेर बसेँ । पछि एकजना मिस आउनुभयाे अनि मैले उहाँसँग प्याड मागेँ । तर, मलाई मिसले 'टालाे लगाउनू, प्याड छैन' भन्ने जवाफ दिनुभयाे ।

मलाई एकदम नराम्रो लाग्याे । आँखाभरि आँसु र रगत लतपतिएकाे शरीर लिएर म कक्षा काेठामा फर्किएँ । एकातिर शिथिल शरीर, त्यसमाथि रगतकाे सिकसिकाेले म त्यहाँ सजिलाेसित बस्न सकिरहेकी थिइनँ । सहज नहुँदानहुँदै म बेञ्चमा मुन्टाे अड्याएर सुतेँ ।

मलाई यस्ताे अवस्थामा देखेपछि केही साथीले 'के भयाे' भनेर साेधे । मैले समस्याबारे बताएँ । लगत्तै दुईजना साथीले पसलबाट प्याड ल्याइदिए । र, मैले शाैचालय गएर रगत सफा गरेँ अनि प्याड लगाएँ । अर्काे एउटा कक्षापछि स्कुल छुट्टी भयाे र घरतिर लागेँ ।  

घरमा प्याड फेरेर कपडा (टालाे) लगाएँ । बहिनीले खाना तयार गरेकी रहिछन्, खाएर सुतेँ । पेटकाे दुखाइ नराेकिएकाले त्याे दिनभर सुतेर बिताएँ । भाेलिपल्ट शनिबार थियाे । नुहाइधुवाइ गरी रगत लागेकाे कपडा धाेएर काैशीमा सुकाउन गएकी थिएँ । मलाई छिमेकी आन्टीहरूले नकचरी, मातिएकी, पातिएकी, छाडा, चरित्रहीनजस्ता शब्दले गाली गर्नुभयाे । रजस्वला हुँदा लगाएकाे कपडा धाेएर सबैले देख्नेगरी सुकाएकाेमा उहाँहरूकाे आपत्ति थियाे । 

प्रकाशित मिति: : 2021-03-31 16:56:00

प्रतिकृया दिनुहोस्