६ चिनियाँ जहाजको व्यवस्थापन गरिदै

नेपाल वायुसेवा निगमसँग रहेका ६ वटा चिनियाँ जहाजको व्यवस्थापन हुने भएको छ।

सरकारको निर्णय अनुसार चिनियाँ जहाज प्रभावकारी रूपमा सञ्चालन तथा व्यवस्थापन हुन नसक्दा निगमले आर्थिक भार व्यहोर्नु परिरहेको छ। यस्तो अवस्थामा जहाजको व्यवस्थापनले ठुलो सहयोग गर्ने अपेक्षा लिईएको छ।  

एक एमए ६० र एक वाई १२ जहाज नेपाल सरकारलाई चिनियाँ सरकारबाट ‘जिटुजी’बापत अनुदानमा प्राप्त भएको थियो।

त्यस्तै नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले सरकारलाई प्राप्त अनुदानको दुई जहाजबापत थप एक एमए ६० जहाज र तीनवटा वाई १२ जहाज सहुलियतपूर्ण ऋणमा चीनको विमान उत्पादन गर्ने कम्पनी ‘एभिक इन्टरनेुनल’ बाट खरिद गरेको थियो।
 

प्रकाशित मिति: : 2021-03-30 18:46:00

प्रतिकृया दिनुहोस्