सोमबार आठ अर्बको ट्रेजर बिल बिक्री गरिँदै

File photo
File photo

नेपाल राष्ट्र बैंकले सोमबार आठ अर्ब १० करोड बराबरको ट्रेजर बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त टे«जरी बिल बिक्री गर्न लागेको हो। 

बैंकका अनुसार २८ दिने अवधिका लागि रु पाँच अर्ब बराबरको ट्रेजर बिल बिक्री गर्न लागिएको छ। सो बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ। यस्तै रु १० करोड बराबरको ट्रेजर बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो। उक्त बिल आगामी असार १५ गते परिपक्व हुनेछ। 

यस्तै १८२ दिनका लागि रु तीन अर्ब बराबरको बिल बिक्री गरिनेछ। उक्त बिल आगामी असोज १२ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही चैत ९ गते रु १५ अर्ब ३३ करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो। रासस 

प्रकाशित मिति: : 2021-03-28 19:16:00

प्रतिकृया दिनुहोस्