हिजोआज काठमाडौंको हावा धूम्रपानभन्दा खतरनाक छ, बच्न यसो गर्नुस् – डा. निरज बम [कुराकानी]

लोकान्तर

काठमाडाै‌ं
गगन अर्याल

पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाकेर घाम लाग्न सकेको छैन । हावा धूलोधूवाँका कणहरूले भरिएको छ । स्वासप्रश्वासका बिरामीहरू पनि बढेका छन् । 

यसले गर्दा स्वास्थ्यमा के कस्ता असर गर्छ ? यसबाट बच्न के गर्नुपर्छ ? भन्ने विषयमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका छाति रोग विशेषज्ञ डा. निरज बमसँग लोकान्तरले कुराकानी गरेको छ ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

अहिले काठमाडौं उपत्यकाको वायु प्रदूषण १ सय १ भन्दामाथि ७ सयसम्म पुगेको अवस्था छ । काठमाडौंको आकाशमा धूलोधूवाँका अनगिन्ती कणहरू छन् ।

कतिपयले त भारतको राजस्थानबाट आएको पनि भन्ने गरेका छन् । स्वास्थ्यको हिसाबले अहिले विकराल अवस्था आएको छ भन्न सकिन्छ ।

अहिले १० पीपीएमभन्दा कमका धूलोका कणहरू र धेरैजसो ५ पीपीएमभन्दा कम (जसलाई सामान्य भाषामा बुझ्दा धूवाँको कण भन्न सकिन्छ) देखिएका छन् । 

जुन श्वास नलीको माध्यमबाट फोक्सोको भित्री भित्तासम्म पुग्छन् । त्यहाँ पुगेर एलर्जी बनाउँछन्, जसले गर्दा रुघाखोकी जस्ता लक्षणहरू बढ्छन् । यसले दीर्घ रोगीहरूलाई उनीहरूको रोगमा बढावा दिन्छ । 

प्रकाशित मिति: : 2021-03-28 15:30:00

प्रतिकृया दिनुहोस्