केपी-बामदेवको जेलदेखिको सम्बन्ध : साथ पनि, टक्कर पनि

शिलापत्र

काठमाडाै‌ं

जनक नेपाल

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेस गरेको राजनीतिक प्रस्ताव सचिवालयमै रोकिएको भए सम्भवतः नेकपा विभाजित हुने थिएन । त्यो रोक्ने सामर्थ्य कसैसँग थियो भने त्यो उपाध्यक्ष बामदेव गौतमसँग थियो । कारण, उनको साथले ओली सचिवालयमा बहुमतमा पुग्थे र प्रस्ताव फिर्ता गराउँथे ।

ओलीलाई एमाले नेतृत्वमा पुर्‍याउन निर्णायक भूमिका खेलेका गौतमकै कारण ओली तत्कालीन नेकपामा अल्पमतमा परे । अन्ततः त्यो प्रतिनिधिसभा विघटन र पार्टी  विभाजनको कारण बन्न पुग्यो ।

एमालेको आठौँ महाधिवेशनमा ओलीलाई पराजित गर्दै झलनाथ खनाल पार्टी अध्यक्ष बनेका थिए । तर, २०७० को संविधानसभा निर्वाचनपछि पार्टी संसदीय दलको नेतामा भने ओलीले उनै खनाललाई हराइदिए । एक वर्षपछि २०७१ असारमा भएको नवौँ महाधिवेशनमा पार्टीमा १५ वर्ष नेतृत्व सम्हालेका माधव नेपाललाई पराजित गर्दै ओली अध्यक्ष बन्न पुगे । ओलीका यी दुवै जितमा नेता गौतमको निर्णायक साथ थियो । 

तर, नेकपा विवादको उत्कर्षमा ओलीले उनै गौतमको साथ पाएनन् ।

भैँसेपाटीस्थित गौतम निवासमै बनेको थियो, ओलीविरुद्ध प्रचण्ड-माधव नेपाल समूहको मोर्चा । नौ सदस्यीय सचिवालयका पाँच सदस्य एकातर्फ उभिएपछि ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष पद बारम्बार हल्लिएको थियो । तर, जबजब ओली सत्ता संकट उत्कर्षमा पुग्थ्यो, संकटमोचनमा उनै गौतम जहिल्यै सहयोगी बनेर उभिन्थे ।

प्रकाशित मिति: : 2021-03-28 15:26:00

प्रतिकृया दिनुहोस्