हिजोदेखि काठमाडौँको आकाश धुम्म, स्वाथ्य मान्त्रालयले जारी गर्यो पाँच बुँदे अपिल पत्र (पत्रसहित)

काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणसँग सतर्कताका रहन अपिल गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ बुँदे पत्र जारी गरेको छ। 

काठमाडौँको मौसममा शुक्रबारबाट अचानक परिवर्तन आएको हो। शुक्रबार दिउँसो २ बजेबाट काठमाडौंको आकाश अहिले धुम्म छ। हवाई उडानहरु ठप्प छन्। 

मन्त्रालयले अपिल पत्र जारी गर्दै घरबाहिर खुला स्थानमा नबस्न, मर्निङवाकमा नजान, घरभित्रै बस्न र दीर्घ रोगी तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न आग्रह गरेको छ। 

प्रकाशित मिति: : 2021-03-27 11:19:00

प्रतिकृया दिनुहोस्