देशकै ठूलो तरकारी बजार सञ्चालनमा

नेपालकै ठूलो भनिएको तरकारी बजार भक्तपुरमा सञ्चालनमा आएको छ।

भक्तपुरको सूर्यविनायकमा सिपाडेलमा नेपालकै सवैभन्दा ठूलो सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा ल्याइएको हो।

जिल्लाको सूर्यविनायक नगरपािलका वडा नं ८ आदर्श सिपाडोल क्षेत्र सूर्यविनायकमा बजार खुलेको हो। २०७५ सालको फागुनदेखि निर्माणको तयारी सुरु गरिएको थियो।

निर्माण सुरु भएको दुई वर्षपछि बजार सञ्चालनमा ल्याइएको हो। अरनिको राजमार्ग अन्र्तगत आदर्श वस विसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रको यो बजार रहेको छ।

कृषि बजार आधृनिक रुपमा बनाइएको छ। त्यसको लागि भित्र प्रवेश गर्ने प्रवेशद्धार र बाहिर निस्कनका लागि छुटाछुटै दुई वटा प्रवेशद्धारको व्यवस्था गरिएको छ।

एउटा प्रवेशद्धार अरनिको राजमार्ग जाडिएको छ भने अर्को सिपाडोल जाने मेन रोडसँंग जोडिएको छ।

कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरुको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको जनाएको छ। साथै त्यहाँं पार्किगको पनि व्यवस्था छ। कृषि बजारभित्रसम्म तरकारी पुयाउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ।

सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईले ३२ करोडको लगानीमा नेपालमै अहिलेसम्मको सवैभन्दा ठूलो व्यवस्थित कृषि बजार सञ्चालनमा ल्याएको जानकारी गराए।

अहिले अनौपचारिक रुपमा सुरु गरी अर्काे बर्षको बैशाखमा कृषि मन्त्रीज्यूबाट उदघाटन गराई औपचारिक रुपमा बजारको सुरुवात गर्ने योजना राखेको उनले जनाए।

अहिलेका लागि तरकारी बजार सञ्चालनमा ल्याएको हो। बजारमा माछामासु तर फलफुब बजार बनाउन बाँकी रहेको जनाइएको छ।

बजारलाई अहिलेसम्मकै सवैभन्दा व्यवस्थित बजारको रुपमा अगाडि बढाउने योजना रहेको जनाइएको छ।

बजोरभित्र साढे सात सय स्टलहरु रहेको छन। बजार प्रत्येक दिन विहान दुई बजेदेखि बेलुकी आठ बजेमा खुल्ला रहने जनाइएको छ। बजारको मुख्य उद्देश्य होलसेलको रुपमा स्थापना गर्ने भएता पनि स्थानीयको लागि खुद्रा विक्री पनि गर्ने जनाइएको छ।

काठमाडौंको कालीमाटी बजार बस्तीभित्र भएको कारण त्यहाँ गाडीभित्र लान बेलुकीसम्म कुर्नुपर्ने भएकोले तरकारी खराब हुने सम्भावना धेरै भएको तर यहाँं त्यस्तो समस्या नआउने बताइएको छ।

यो पूर्वी नाकाबाट आउने सबै तरकारीहरु यही पुरयाएर यहीबाट काठमाडौंलगायतका ठाउँंहरुमा पुयाउन सकिने जनाइएको छ। जग्गा १५ वर्षका लागि लिजमा लिइएको जनाइएको छ।

प्रकाशित मिति: : 2021-03-24 12:52:00

प्रतिकृया दिनुहोस्