सिंगटी हाइड्रोपावरको आइपिओमा १६ लाख भन्दा बढिको आवेदन

सिंगटी हाइड्रोपावरको आइपिओमा १६ लाख २३ हजार ४५० जनाले आवेदन दिएका छन्।

सिडिएस एण्ड क्लियरिङका अनुसार आवेदकहरुले २ करोड ४७ लाख कित्ता सेयर माग गरेका हुन्। २ अर्ब ४७ करोड रुपैयाँ आवेदकको बैंक खातामा ब्लक भएको छ। 

कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि कम्पनीले सर्वसाधारणलाई कुल २६ लाख ९७ हजार कित्ता सेयर बिक्री गर्नका लागि आवेदन खोलेको थियो। 
 

प्रकाशित मिति: : 2021-03-24 06:04:00

प्रतिकृया दिनुहोस्