अमेरिकाको सैन्य अखडाहरुमा इरानको आत्मघाती हमला गर्ने योजना रहेको सुरक्षाविदहरुको अनुमान

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : ANI
Photo : ANI

अमेरिकाको सैन्य अखडाहरुमा आत्मघाती बम हमला गरेर नष्ट गर्ने इरानको गोप्य योजना रहेको खुलासा भएको छ।

एफबिआइको एक रिपोर्ट अनुसार इरानले वासिंगटन डि सी नजिक रहेको फोर्ड म्याक्नर नामक सैन्य अखडामा हमला गरेर सेनाको भाइस चिफ अफ स्टाफको हत्या गर्ने योजना बनाएको बताईएको छ।

सन २००० को अक्टुबरमा यमनको बन्दरगाहमा रहेको अमेरिकी सेनाको एउटा युद्ध पोतमा इरानी आत्मघातीहरुले हमला गर्दा १७ अमेरिकी सेनाले ज्यान गुमाउनु परेको थियो। जुन घटना लाइ 'यु एस कोल'भनिन्छ। 

केहि दिन अगाडी अमेरिकाको राष्ट्रिय सुरक्षा समितिले 'यु एस कोल' जस्तै गरेर हमला गर्ने कुराकानी भएको सिग्नल पाएको थियो। जसले यो कुरा खुल्न आएको हो।  

लामो समय देखि इरान र अमेरिकाको बीच मतभेद चल्दै आएको छ। साथै यी दुई देशबीच कुनैपनि समय युद्ध हुनसक्ने सुरक्षाविदहरुले अनुमान गरेका छन्। 

प्रकाशित मिति: : 2021-03-23 06:14:00

प्रतिकृया दिनुहोस्