सोमबार, १५ डिसेम्बर २०२५

आजदेखि होलीको विधिवत सुरुवात (फोटो फिचर)

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडौं
News Image
• • •

आजदेखि देशभर रंगहरूको पर्व होलीको विधिवत रुपमा सुरुवात भएको छ।

काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ बिहान ८ बजेर २६ मिनेटमा तीन छत्रे होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात हुने मान्यता छ।

चन्द्रमास अन्तर्गत् फागुन महिनाको पूर्णिमाको दिन होली मनाइने गरिन्छ। यसवर्ष पहाडमा चैत १५ गते र तराईमा चैत १६ गते होली मनाइँदैछ।

होलिकाको दहन र र कृष्ण लीलासँग सम्बन्धित यो पर्व आइतबारबाट विधिवत सुरु भएको वसन्तपुरस्थित तलेजु मन्दिरका पुजारीले जानकारी दिएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!