'मलाई यातना दिएर अलपत्र पार्ने श्रीमानलाई केही गरेर देखाउनु छ'

शिलापत्र

काठमाडाैं

हातमा कुरुस, काखमा एक महिने छोरा !

घरि काखकाे छोरो सुमसुम्याउँछिन्, घरि हातमा दौडिरहेका कुरुसकाे धागाेमा हराउँछिन् । 

त्यसै पनि धागोजस्तै जेलिएको छ उनको विगत, जसलाई बुन्दै उधार्दै हिम्मतको उडान भर्ने प्रयासमा छिन्, १५ वर्षीया सीता साह (नाम परिवर्तन) ।

उनी घरमा सुरक्षित हुन्थिन् भने यतिखेर सीता कक्षाकोठामा आफ्नै भविष्यको रेखा कोर्दै गरेकी भेटिइन्थिन् । आफ्नो उमेरअनुसार र उमेरअनुकूल बाँच्न पाएकी भए किताबका अक्षरमा टहलिँदै हुन्थिन् । विडम्बना, उनी यतिखेर गाउँबाट भागेर ‘छोरी’ सेल्टर होममा आश्रित छिन्, एक महिने काखे बालकसहित ।

१५ वर्षकी हुन् सीता । याे उमेर न आमा बन्न लायक हाे, न त सन्तानको भविष्य सोच्ने नै । तर पनि कलिलै उमेरमा बलात्कृत भएपछि यस्ताे अकल्पनीय जिम्मेवारीले थिचिन बाध्य छिन् उनी ।

आफ्नाे विगत सम्झँदा सीता भित्तातिर हेरेर टाेलाउँछिन् । 

१० महिनाअघिको कुरा हो ।गाउँकै ६५ वर्षीय वृद्धद्वारा बलात्कारको शिकार भएर मृत्युको मुखमा पुगेर बाँचेकी सीता हाल कुरुसले आफ्नो र काखे नानीको भविष्य कोर्ने प्रयत्नमा छिन् ।  

प्रकाशित मिति: : 2021-03-19 17:35:00

प्रतिकृया दिनुहोस्