टुटल चलाउने सगरमाथा आरोही पासाङ शेर्पा [भिडियोसहित]

शिलापत्र

काठमाडाैं

 सुधिर भण्डारी

२०१९ अक्टोबरमा चोयु हिमाल आरोहणपछि पासाङ शेर्पालाई कोरोना कहरले बेरोजगार बनायो । १६ महिनासम्म उनी बेरोजगार भए । बचत निख्रिँदै गयो । 

बेकारीका दिन कटाउन उनी सामाजिक सञ्जालको सहयोग लिन्थे । ओछ्यानमा पल्टिएर फेसबुक चलाउँदै गर्दा उनले टुटलको पोस्ट देखे । 

मोटरसाइकलमा यात्रु पुर्‍याएर टुटलबाट पैसा कमाउन मिल्छ भन्ने थाहा पाए उनले । रित्तिँदै गएको बचत, आरोहण सुरु हुने नहुने अन्योलले उनलाई दुविधामा पार्‍यो । एकछिन घोत्लिए, छेउमै पढिरहेका छोरा-छोरीको अवोध अनुहार हेरे । छोरोलाई बोइङ जहाजको पाइलट बनाउने आफ्नो सपना सम्झिए । 

अनि उनले आफ्नी श्रीमतीलाई सोधे, ‘टुटलमा काम गरौँ ?’

‘काम सानो हुँदैन गर्नुस् न त,’ श्रीमतीले भनेको सम्झिँदै उनी भन्छन्, ‘त्यसपछि टुटलमा काम गर्ने निधो गरे ।’

हिमाली पठार र चुचुरोमा पुर्‍याउने सारथिबाट उनी एकाएक शहरका चिल्ला सडक र गल्लीको गन्तव्यमा पुर्‍याउने सारथि बने । माघको पहिलो हप्ता उनी टुटलको कार्यालय पुगेर तालिम लिए । अनि आफ्नो मोटरसाइकल टुटलमा दर्ता गराएर फर्किए ।

प्रकाशित मिति: : 2021-03-19 11:40:00

प्रतिकृया दिनुहोस्