ओली भर्सेस नेपाल : छुट्टिन तयार, तर नझुक्ने !

अनलाइनखबर

काठमाडाैं

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको समूहको अझ टाढिएका छन् । अध्यक्ष ओलीले संसदीय दलको बैठक राखेर अनुशासनको कारबाही गर्ने तयारी थालेका छन् भने नेपाल समूहले देशभर समानान्तर कमिटीहरु बनाउने निर्णय गरेको छ ।

यसले एमालेलाई विभाजनसम्म पुर्याउने खतरा बढेको दुबै पक्षका नेताहरु स्वीकार गर्छन् । यद्यपि आफूहरु एकताको पक्षमा रहेको भन्दै दोष अर्को पक्षलाई दिन्छन् ।

कारबाहीको चेतावनी

अध्यक्ष ओलीको चेतावनीका बाबजुद वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेला गरेका थिए ।

भेला चलिरहेकै बेला संसदीय दलका नेता समेत रहेका ओलीले बिहीबार बैठक बोलाए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गुटको भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आहृवान गरिएको छ । नभए कारबाही प्रक्रिया अगाडि बढाइनेछ । ‘पार्टी निर्णय नमानेमा विधान अनुसार, स्पष्टीकरण र कार्बाहीको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ’, बैठकमा सहभागी एक सांसदले भने ।

बैठकले संसदीय बोर्ड गठन गर्नुका साथै दलको विधान संंशोधनका लागि कार्यदल पनि बनाएको छ ।

प्रकाशित मिति: : 2021-03-19 08:15:00

प्रतिकृया दिनुहोस्