कूलप्याड कूल १० को नयाँ स्टोरेज भेरियन्ट नेपाली बजारमा सार्वजनिक

कूलप्याडले कूलप्याड कूल १० को नयाँ स्टोरेज भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ।

नेपालका लागि कूलप्याडको एकमात्र आधिकारिक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले निकै लोकप्रिय मोडल कूल १० को नयाँ भेरियन्ट ल्याएको हो।

यो फोनले अहिलेको कूल १० को जस्तै सबै समानताहरु प्रदान गर्दछ।

फोनमा १२८ जीबीको आन्तरिक भण्डारण थप गरिएको छ। कूलप्याड कूल १० को नयाँ संस्करणको बजार मूल्य १८,४९५ रुपैयाँ तोकिएको छ। यो फोन सूपथ मूल्यमा बजेट स्मार्टफोन खोज्ने जो कोहीलाई सस्तो विकल्पको रूपमा आएको छ।

एसडी इन्टरनेशनलका जनरल म्यानेजर कर्पोरेट हेड उपेन्द्र शाहले नेपालीहरुले कूलप्याडका स्मार्टफोनहरु बजारमा निकै रुचाउनुभएको हुँदा नयाँ भेरियन्ट ल्याएको जानकारी दिए।

'हामीले  बजारमा कूलप्याडका कूल ५, कूल एन सेभेन  प्लस, कूल १० कूल एस कूल एक्स, कूल ६ लगायतका फोनहरु बिक्री गरिरहेका छौं। अहिलेको कूल १० को ४ जीबी र्याम र १२८ जीबी स्टोरेजले ग्राहकहरुलाई सन्तुष्ट पार्नेछ', उनले भने।

कूलप्याड कूल १० मा प्रिमियम ग्लास बडीको साथ एक भव्य आकर्षक देखिने फोन हो। यो केहि मजेदार ढाँचा र स्लगहरूमा आउँदछ जस्तै सिसेल सेतो र साइन्स निलो। यसमा लगभग शुन्य बेजेलका साथमा ६.५२ इन्चको वाटर ड्रप एचडी प्लस डिस्प्ले उपलब्ध छ।

क्यामराको कुरा गर्दा फोनको पछाडि ट्रिपल क्यामरा सेटअप प्याक रहेको छ जसमा १६ मेगापिक्सेलको अटोफोकस मुख्य क्यामराका साथै ०.३ मेगापिक्सेलको डेप्थ सेन्सर प्लस ०.३ मेगापिक्सेलको म्याक्रो सेन्सरले बनाएको हो। सेल्फीका लागि अगाडिभागमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ।

स्मार्टफोनमा हेलियो पि६० चिपसेट राखिएको छ भने एन्ड्रोइड १० मा आधारित भएर संचालन हुनेछ।

फोनमा पावर दिनका लागि शक्तिशाली ५,००० एमएएच ब्याट्री प्याक राखिएको छ। त्यसैगरि कूल १० मा फोरजी सपोर्ट, लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगरप्रिन्ट, फेस अनलक, ड्यूल सिम र टाइप सी पोर्ट लगायतका फिचरहरु राखिएको छ।

यो फोनको ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्ट पनि बजारमा उपलब्ध रहेको छ जसको बजार मूल्य १६,५९५ रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति: : 2021-03-17 18:42:00

प्रतिकृया दिनुहोस्