७० वर्षअघिकी राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनले जब आफ्नो जमाना सम्झिइन्

नेपाल खबर

काठमाडाैं

 

लक्ष्मी जि.सी

थोरै मान्छेलाई मात्र थाहा छ– उनी कुनै जमानामा ब्याडमिन्टन च्याम्पियन थिइन्। साँच्चै भन्ने हो भने यो कुरा उनी आफैँले समेत बिर्सिसकेकी छन्।

त्यसैले काठमाडौँ ब्याडमिन्टन एकेडेमीले पुराना च्याम्पियनहरुलाई भेला गर्दा डा. रीता थापा छक्क परिन्। उनको खेल जीवनबारे थाहा पाउँदा थुप्रै मानिसहरु चकित परे।

महिला दिवसको दिन एकेडेमीले पुराना च्याम्पियनहरुको भेला आयोजना गरेको थियो। त्यहाँ, थापा सबैको चासोको पात्र बनिन्।

ब्याडमिन्टनको इतिहासमा थापाको नाम स्वर्ण अक्षरले लेखिएको छ। उनी महिला ब्याडमिन्टनको पहिलो पुस्ताकी राष्ट्रिय च्याम्पियन हुन्। विसं २००८ सालदेखि २०११ सालसम्म उनी लगातार च्याम्पियन रहिन्। थापाका अनुसार उनका समकालीन अन्य खेलाडी जीवित छैनन्।

उमेरले आठ दशकमा हिँडिरहेकी थापाको खेलप्रतिको मोह भने अहिले पनि उस्तै छ। आजभोलि स्वस्थ रहन र शौख पुरा गर्न उनी गल्फ खेल्छिन्।

‘मैले बिर्सिसकेको त्यो समयलाई एकेडेमीले फेरि सम्झाउने काम गरेको,’ भेलामा थापाले भनिन्, ‘पुराना पुस्ताका खेलाडीसँग भेट गराइदियो। ब्याडमिन्टनले पनि सम्झिरहेको छ है भनेर खुसी लाग्यो।’

प्रकाशित मिति: : 2021-03-17 11:52:00

प्रतिकृया दिनुहोस्