पुनर्बीमा कम्पनीको लाइसेन्स खोलिँदै, एकाधिकार तोडिने

सेतोपाटी

काठमाडौं

बीमा कम्पनीहरूले आफ्नो निश्चित जोखिम वहनका लागि पुनर्बीमा गर्छन्। उनीहरूको दायित्वमा जोखिम कम गर्न पुनर्बीमाले मद्दत गर्छ। 

जीवन र निर्जीवन बीमा कम्पनीहरूले विभिन्न पोलिसीको पुनर्बीमा गरेवापत निश्चित शुल्क तिर्छन्।

जब पोलिसीको दावी भुक्तानी बढ्न जान्छ, निश्चित दायित्व पुनर्बीमामा सर्छ। आर्जित शुल्कलाई पुनर्बीमा कम्पनीले विभिन्न क्षेत्रमा लगानी गर्न सक्छ।  

स्वदेशको मात्रै होइन, भारत लगायत अन्य एसियाली मुलुकबाट समेत पुनर्बीमा कम्पनीले व्यवसाय ल्याउन सक्छ।

बीमा कम्पनीहरूले एउटामा मात्रै नभई धेरै कम्पनीमा पुनर्बीमा गरेका हुन्छन्। विभिन्न देशका बीमा कम्पनीहरू एक अर्को देशका पुनर्बीमामा आवद्ध हुन्छन्।

नेपालका बीमा कम्पनीहरूले पुनर्बीमा गर्दा बर्सेनि करिब आठ अर्ब रूपैयाँ बाहिरिने गरेको छ।

विभिन्न पोलिसीको बीमा दावी भुक्तानीका लागि विदेशका पुनर्बीमा कम्पनीबाट रकम पनि आइरहेको छ। 

प्रकाशित मिति: : 2021-03-17 11:06:00

प्रतिकृया दिनुहोस्