वैदेशिक रोजगारीमा जानेहरुको संख्या घटेपनि ११ प्रतिशतले विप्रेषणमा वृद्धि

कोरोनाको कारणले वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएपनि विप्रेषण आप्रवाह भने ११ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकले  सार्वजनिक गरेको विवरणअनुसार चालु आवको सात महिनामा पाँच खर्ब ६७ अर्ब ७० करोड बराबरको विप्रेषण भित्रिएको छ।    
    
 बैंकका अनुसार विप्रेषण आप्रवाहमा १०।९ प्रतिशतले वृद्धि भएको पाइएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई चार अर्ब ८१ करोड पुगेको छ।

प्रकाशित मिति: : 2021-03-17 06:33:00

प्रतिकृया दिनुहोस्