अमेरिकामा कोरोनाको संक्रमित बढ्न थालेपछि विद्यार्थीहरुलाई आइसोलेसनमा बस्न निर्देशन 

Duke university
Duke university

अमेरिकाको नर्थ क्यारोलिनास्थित स्थानीय सरकारले ड्युक विश्वविद्यालयका सम्पूर्ण विधार्थीहरुलाई २१ मार्चसम्म सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिएको छ।

शनिबार एक सुचना जारी गर्दै स्थानिय सरकारले विश्वविद्यालयका विद्यार्थीहरुलाई आइसोलेसनमा बस्न निर्देशन दिएको हो। जारी सुचनामा आइसोलनमा नबसेमा विश्व विद्यालयबाट बर्खास्त गरिने समेत जनाईएको छ।  

पछिल्लो समय फेरी कोरोना संक्रमितको संख्या बढ्न थालेपछि यस्तो निर्देशन दिईएको हो। पछिल्लो सातामात्र विश्वविद्यालयका १ सय ८० विधार्थीहरुलाई कोरोना पोजिटिभ देखिएको थियो।

उनीहरुको सम्पर्कमा आएका करिब २ सय जनाको कोरोना टेस्ट गरिएको थियो। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो मे महिना सम्म सम्पूर्ण अमेरिकिहरुलाई कोरोनाविरुद्धको सुइ लगाउन आवश्यक तयारी भएको बताएका छन्। 

प्रकाशित मिति: : 2021-03-15 06:13:00

प्रतिकृया दिनुहोस्