प्रधानमन्त्री ओलीमाथि एमाले नेताहरूको संगीन आरोप

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको एक सातामै एमालेको आन्तरिक विवाद निर्वाचन आयोगमा पुगेको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले एकतर्फी रूपमा केन्द्रीय कमिटी बैठक बोलाएर महत्वपूर्ण निर्णय गराएपछि राजनीतिक र संगठनात्मक प्रतिवादमा उत्रेको एमालेको नेपाल–खनाल समूह आइतबार आयोग पुगेको हो।

राजनीतिक रूपमा विभाजित नेकपाको आधिकारिकताको लडाइँ पनि निर्वाचन आयोग पुगेको थियो। सर्वोच्च अदालतको २३ फागुनको फैसला र पार्टीको विधानविपरीत अध्यक्ष ओलीले बालुवाटारमा गुटको बैठक बोलाएर पदाधिकारी खारेज, कार्यविभाजन हेरफेर र महाधिवेशनले निर्णय गरेको भन्दै त्यसलाई वैधानिकता नदिन नेपाल–खनाल समूहले आइतबार निर्वाचन आयोगमा पत्र पठाएको छ 

प्रकाशित मिति: : 2021-03-15 05:56:00

प्रतिकृया दिनुहोस्