सत्तारूढ दल नेकपा एमाले यतिबेला विभाजनउन्मुख देखिन्छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार झलनाथ खनाल-माधव नेपाल पक्षलाई खबरै नगरी महत्त्वपूर्ण निर्णय लिएका थिए ।
ओलीले एकलौटीरूपमा महाधिवेशनको मिति तय, केन्द्रीय समितिमा मनोनयन लगायतका निर्णय गरेपछि खनाल-नेपाल पक्ष रुष्ट बनेको छ ।
खनाल-नेपाल पक्षले शनिवार बैठक बोलाएर समानान्तर संगठन निर्माण गरेको छ । समानान्तर संगठन निर्माणका कारण एमाले कानूनी रूपमा एक भएपनि राजनीतिक रूपमा विभाजनको संघारमा पुगेको छ ।
खनाल-नेपाल पक्षका नेता घनश्याम भुसालसंग गरिएको कुराकानी