नेपालकै कान्छा कार्यकारी सेफ

सेतोपाटी

काठमाडाैं

अनुषा अधिकारी

लाजिम्पाटस्थित साइनी नरचोक बुटिक होटलका कार्यकारी सेफ हेभन खनाल सधैं सोच्थे- नेपालमा सेफ पेसालाई खासै महत्व दिइँदैन। खाना पकाउने भान्से भनिन्छ, उनीहरूको पाककलाको खास कदर हुँदैन।

आफ्नो पेसालाई मान्छेहरूले सम्मान नगरेको देख्दा कहिलेकाहीँ दिक्क पनि लाग्थ्यो। 

'हामीकहाँ सेफ पेसालाई खासै इज्जत दिने चलन छैन। नराम्रो तरिकाले खाना पकाउने भान्से भनेर सम्बोधन गरिन्छ,' उनले भने।

तर अचेल उनलाई यो सब वास्ता लाग्दैन। आफूलाई भान्से भन्दा खिस्रिक्क पनि हुँदैनन्। सेफ हुनुमा गर्व गर्छन्। 

यसका पछाडि मुख्य दुइटा कारण छन्। 

एउटा, मास्टरसेफ सन्तोष साहको ख्याति।a

'मास्टरसेफ सन्तोष साहले अन्तर्राष्ट्रियस्तरमै नेपालको नाम बढाएपछि नेपालमा पनि सेफ पेसाको महत्व बढेको छ। मान्छेहरूले पनि बुझ्न थालेका छन्,' उनले भने। अझ सन्तोषले आफूलाई भान्से भन्दा खुसी लाग्ने बताएपछि धेरै नेपाली सेफहरूको आत्मविश्वास थप उँचो भएको छ।

हेभनलाई आफ्नो पेसामा अझै डटेर मिहिनेत गर्न ऊर्जा थप्ने अर्को कारण हो, उनको आफ्नै ख्याति।

 

प्रकाशित मिति: : 2021-03-14 11:07:00

प्रतिकृया दिनुहोस्