एमाले विवाद थप पेचिलो

सर्वोच्च अदालतको फैसलाबाट नेकपाको एकता भंग भएको पाँच दिनमै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले केन्द्रीय कमिटी एकलौटी विस्तार गरेका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताले ओलीको कदम एमाले विभाजनको प्रयास भन्दै निर्णय अस्वीकार गर्ने बताएका छन्। 

प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकले आगामी २ देखि ६ मंसिरसम्म काठमाडौंमा दशौँ महाधिवेशन गर्ने निर्णय पनि लिएको छ । बैठकमा वरिष्ठ नेता नेपाल र खनालसहित उनीनिकट केन्द्रीय सदस्य भने सहभागी थिएनन्। नेपाल–खनाल समूहका केन्द्रीय सदस्यलाई बैठकको जानकारी पनि दिइएको थिएन। 

यद्यपि, साबिक एमालेका दुई सय पाँच केन्द्रीय कमिटी सदस्यमध्ये बहुमतको बैठकबाट निर्णय लिइएको ओली समूहको दाबी छ। साबिक एमालेका ओली समूहमा कम्तीमा एक सय तीन तथा नेपाल–खनाल समूहमा ९० केन्द्रीय सदस्य छन्। 

प्रकाशित मिति: : 2021-03-13 05:57:00

प्रतिकृया दिनुहोस्