चितवनबाट तिब्बत हुँदै भारतसम्म पुगेका ‘हिलारी’ र ‘तेन्जिङ’लाई पछ्याउँदा...

नेपालमा पानीहाँस ३६ प्रजातिका पाइनेमध्ये २७ प्रजातिका चितवन राष्ट्रिय निकुञ्जमा भेटिएका छन्।

चितवनमा पाइनेमध्येकै सबभन्दा आकर्षक सुन्दर हाँस बतक हो। यसलाई ठाउँ विशेषअनुसार कोसी सुनसरीतिरका माछा मारेर निर्भर मलाहा जातिले गागनहाँस, चितवनका बोटे मुसहरले बतकहाँस र कतैकतै खोयाहाँस भनेर चिन्छन्।

यो हाँस प्रजाति संसारको अग्लो गगनचुम्बी सगरमाथाभन्दा माथिबाट बसाइँसराइ गर्ने क्रममा उडान भर्ने गरेको पाइएकाले यसलाई गगनचुम्बी गागनहाँस भनेर पनि भनिन्छ। संसारभर गागनहाँस ५० हजारजतिको संख्यामा रहेकोमध्ये नेपालमा पनि एक हजारजति पाइने अनुमान गरिएको छ।

प्रकाशित मिति: : 2021-03-12 21:00:00

प्रतिकृया दिनुहोस्