छद्म भेषमा डुल्छन् शिवरात्रीका महात्मा

देशसञ्चार

काठमाडाैं

गिरीश गिरी 

शरीरलाई कालो अघोरी वस्त्र र छालालाई धुवाँ–खरानीको बाक्लो पत्रले ढाकेपछि सबै उस्ताउस्तै देखिने नै भए। तर, मेरो नजर त त्यो दक्षिण एशियाको भन्दा बेग्लै देखिने निलो आँखामा थियो।

जोगीको भेषमा माग्न बसेका बहुरुपी र तमासा लगाएर गाँजा तान्दै गरेका जोगीहरु छिचोलेपछि म उनको सामुन्ने पुगेकोे थिएँ। धुनी जगाएर बसेका ती अघोरी र मेरो आँखा मिल्दै गयो–दूरी घट्दै गयो।

पशुपति क्षेत्र विकास कोषले दिएको दाउराका मुढाबाट निस्केको धुँवा पिरो रहेछ। उनी थोरै ढल्किएर ‘फू’ गर्न थाले। म नजिकै पुगिसकेको थिएँ। दाउरा सल्केर कोइला भइसकेको एउटा भागमा चिम्टाले हल्का ठोके। अलिकती धुलो झर्‍यो। त्यसमै बुढी औँला धसे र मतिर हेर्दै सोधे, ‘टीका?’

मैले निधार दिनुको सट्टा प्रश्न गरेँ। ‘बाबा आप कहाँसे आए हैँ?’

उनी अलमलिए, टाउको घुमाए र बुढी औंला टक्टक्याए। ‘बाबा आप कहाँसे आए हैँ…’ अघि भनिएकै शब्द उनले पटक पटक बर्बराए र मलाइ बेवास्ता गरेर अन्तैतिर हेर्न थाले। उनको उच्चारण र गतिविधिले मलाई आफ्नो अनुमानको झनै नजिक पुर्‍यायो।

प्रकाशित मिति: : 2021-03-11 12:19:00

प्रतिकृया दिनुहोस्