ललितपुर महानगरपालिका-१६ मा रहेको कुमारी निवास पुनःनिर्माण हुने भएको छ। रत्नाकर महाविहारका सदस्य करुणारत्न बज्राचार्यले कुमारी निवास पुनःनिर्माण गर्न लागिएको बताए।
उनले भने, “कुमारीलाई पूजा गरिने कुमारी छें अर्थाक कुमारी घर गोरखा भूकम्पले जीर्ण बनाउँदा संरक्षण गर्ने कुरा अघि बढेको छ।” महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भारत सरकारको अनुदानमा रु चार करोड ५५ लाखमा उक्त काम अघि बढाइने भएको बताए।
उनले भने,“सो घर निर्माण हुने भएसँगै कुमारीलाई भने नजिकै रहेको रत्नाकर महाविहारमा राखेका छौ।” कुमारीलाई महालक्ष्मीका साथै महादेवीका रुपमा पुजिने गरिएको बज्राचार्यले जानकारी गराए। रासस