अमेरिकाको बिजुली सङ्कट टार्न 'ठूलो क्षमता'को ब्याट्री निर्माण गर्दै एलन मस्क

अमेरिकाकाे बिजुली सङ्कट टार्न टेस्ला कम्पनीका सीईओ एलन मस्कको कम्पनीले ठूलाे क्षमता भएकाे ब्याट्रीको निर्माण गर्ने बताएकाे छ।

कम्पनीलाई टेक्सासको पावर ग्रिडमा प्लग गरिनेछ। ब्याट्रिले सङ्कटको समयमा करिब २० हजार घरलाई बिजुली दिन सक्ने कम्पनीले दाबी गरेको छ।

गतमहिना टेक्सासमा भएको भिषण बिजुली सङ्कटबाट स्वयम् मस्क समेत पिडित बनेका थिए। घरमा बिजुली नभएको कारण उनले दुई दिनसम्म आफ्नो गाडीमा रात काटेको अहिले पनि उतिकै चर्चा छ।

प्रबिधिबाट अमेरिकामा हुन् सक्ने कुनै पनि किसिमको बिजुली सङ्कटबाट बच्न आफुले यो कदम चालेको एलनले बताएका छन्।

ब्लूमबर्गको रिपोर्टअनुसार टेस्लाको सहायक कम्पनी गैम्बिट एनर्जी स्टोरेजले टेक्सासको ब्रेज़ोरिया काउन्टीमा ब्याट्री एनर्जी स्टोरेज प्रोजेक्ट बिकास गर्न लागेको हाे। कम्पनीले टेस्लाको बिद्युतीय कारको लागि ब्याट्री निर्माण गर्ने गरेको छ। उक्त प्रणालीलाई टेक्सासको स्टेट पावर ग्रिड ऑपरेटर इलेक्ट्रिक रिलायबिलिटी काउन्सिल ऑफ टेक्सास (इआरसीओटी)मा रजिस्टर्ड गरिएको छ।

इआरसीओटीले यो कम्पनीलाई आगामी जुन– १ सम्म व्यवसायिक रूपले सुरु गर्न निर्देश दिएको छ। सुरुवातमा प्रोजेक्टद्वारा एक सय मेगा–वाट बिजुली भण्डारण गरिने बताइएको छ। विस्तारै बिजुलीले गर्मी मौसममा टेक्सासको २० हजार घरमा बिजुली प्रदान गर्न सक्ने दाबी गरेको छ।

प्रकाशित मिति: : 2021-03-10 07:32:00

प्रतिकृया दिनुहोस्