कुन अवस्थामा बन्नसक्छ कांग्रेसको नेतृत्वमा सरकार ?

बाह्रखरी

काठमाडौं

प्रतिनिधिसभा पुनःस्थापनापछि सुरु भएको सत्ता गठबन्धनको बहसमा आइतबार सर्वोच्च अदालतले गरेको फैसलापछि ‘ब्रेक’ लागेको छ। शनिबारसम्म सत्ता गठबन्धनका लागि बहस गरिरहेको नेकपाको बहुमत पक्ष आइतबारको फैसलापछि क्षतविच्छेद भएको छ। अनि, करिब दलविहीन अवस्थामा पुग्न लागेका प्रधानमन्त्री केपी शर्मा ओली तीन वर्षअघिको निर्वाचनबाट आएको सग्लो एमालेको अध्यक्षसँगै संसद्को प्रमुख दलको नेता भएका छन्।

नेकपाको बहुमत पक्षले प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्रिशंकु संसद्को दोस्रो ठूलो पार्टीका नेता सीमित भएका छन्। तर, उनलाई प्रधानमन्त्री प्रस्ताव गर्ने र तत्काल प्रधानमन्त्री बनाउने अवस्थामा अर्को शक्ति देखिएको छैन।

“हामीलाई जनताले मतमार्फत दिएको म्यान्डेट प्रतिपक्षको हो,” यही फागुन २० गते पदाधिकारी र पूर्वपदाधिकारी बैठकको निर्णय जानकारी गराउँदै प्रवक्ता विश्वप्रका शर्माले भनेका थिए, “तर, प्रधानमन्त्री पदले यति बेला कांग्रेसको ढोका ढकढकाइरहेको छ। हामीले ढोका खोलेका छैनौँ, झ्यालबाट हेरिरहेका छौँ।”

प्रकाशित मिति: : 2021-03-09 20:00:00

प्रतिकृया दिनुहोस्