बालुवाटार बैठकपछि लेखराज भट्टसँग अन्तर्वार्ता : प्रधानमन्त्रीले असहज नमान्न भन्नुभयाे

शिलापत्र

काठमाडाैं

प्रधानमन्त्री केपी ओलीले आज माओवादीतर्फका मन्त्रीहरूसँग छलफल गरेका छन् । सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उत्पन्न परिस्थिबारे बालुवाटारमा प्रधानमन्त्रीसित करिब १ घण्टा छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलापत्रलाई जानकारी दिए । यसै सन्दर्भमा मन्त्री भट्टसँग शिलापत्रकर्मी नवराज कुँवरले गरेको संक्षिप्त कुराकानी ः

प्रधानमन्त्रीसँग बालुवाटारमा के विषयमा छलफल गर्नुभयो ? 

समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल भएको हो ।  

सर्वोच्च अदालतको पछिल्लो फैसलापछि ओली समूहमा रहेका माओवादी धारका मन्त्रीहरू बढी अप्ठेरोमा परेको भनिँदै छ, प्रधानमन्त्रीबाट कुनै सान्त्वना/आश्वासन पाउनुभयो ? 

हामी के अप्ठेरोमा पर्नु नि ! पदका लागि कित्ता परिवर्तन गरेका थिएनौँ/होइनौँ । र, प्रधानमन्त्रीले आश्वासन दिने कुरा पनि होइन । अब कसरी अघि बढ्दा राम्रो हुन्छ भन्ने विषयमा छलफल हो । यहाँ कसैले आश्वासन दिने, कसैले विश्वास दिलाउने कुरै छैन । पार्टीका कमिटीहरूबारे चाहिँ प्रधानमन्त्री स्वयम्‌ले कुरा निकालेर सामान्य छलफल भयाे । निचाेड यसै भन्ने निस्केकाे छैन । 

प्रकाशित मिति: : 2021-03-09 15:53:00

प्रतिकृया दिनुहोस्