धनुषाको मिथिला नगरपालिकामा ७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक वृद्धलाई नियन्त्रणमा लिएको छ।
जबर्जस्ती करणी आरोपमा ६५ वर्षीय कुमारबहादुर मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
धनुषाका प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रका अनुसार आइतबार दिउँसो कुखुरा फर्ममा बालिकालाई बोलाएर ती बृद्धले जबरजस्ती करणी गरेका थिए।
मगरलाई इलाका प्रहरी कार्यालय ढल्केबरले हिरासतमा राखेर अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ।
सोमबार सार्वजनिक बिदा भएकोले मंगलबार जिल्ला अदालतमाबाट म्याद थप हुने उनले बताए।
पीडित बालिकाको प्रदेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक मिश्रले जनाए ।