१ लाख ऋणबाट ११ होटलको मालिक बने शङ्कर

File photo
File photo

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११  होटल र रेष्टुराँको मालिक बनेका छन्। 

नेपालमै व्यवसाय गर्छुभन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै ऋण लिनुभएका गुल्मीका शङ्कर भण्डारीको नेतृत्वमा अहिले ११ होटल र रेष्टुराँ छन्।

विसं २०३९ मा गुल्मीको तत्कालीन रुपकोटमा जन्मिएका भण्डारीले विसं २०५९ मा आफन्तसँग एक लाख ऋण लिएर साझेदारीमा काठमाडौँको सुन्धारामा होटल शुरु गरे। 

मान्यजन आफन्तसँग काम गर्दा आफू होचिएको महसुस गरेसँगै उनले नजिकै परिवारले हेर्ने गरी किराना पसल थप गरे। पसल सञ्चालनका लागि थोरै पैसा ऋण पाएपछि सोही पैसाले किराना पसल शुरु गरे। पसलमा सामान राख्ने ठाउँ खुल्ला देखिएपछि अन्यत्रबाट खाली कार्टुन ल्याएर र्याक भरेको उनले स्मरण गरे। उनले भने, “पसल शुरु गर्दा ५० हजार मात्रै थियो, त्यसले सामान धेरै आएन, अन्यत्रबाट कार्टुन ल्याएर पसल भरेँ।”  रु ८० हजार ऋण खोजेर ३० हजारको र्याक बनाएपछि रु ५० हजारको सामानबाट उनले पसल शुरु गरेका थिए।
 
सो पसल शुरु भएको दिनदेखि नै निकै राम्रो व्यापार भएको स्मरण गर्दै उनले भने, “दैनिक रु एक लाख ५० हजारसम्मको व्यापार भयो।” आफूलाई भने होटलमै लगाव भएकाले साझेदारीको होटल छाडेर विसं २०६३ मा सुन्धारामै एउटा घर भाडामा लिएर उनले प्रेसिडेन्ट होटल शुरु गरे।

कम खर्चमा बनेको सुन्धाराको होटलमा रु ५० लाख लगानी भएको बताउँदै उनले भरतपुरको सेकुवामा रु दुई करोड खर्च भएको जानकारी दिए। रासस

प्रकाशित मिति: : 2021-03-08 08:05:00

प्रतिकृया दिनुहोस्