३० हजार कम्पनीको मुख्य सर्भरमा चिनियाँ ह्याकरको हमला

सांगेतिक तस्वीर
सांगेतिक तस्वीर

सोलारविन्डपछि अर्को साइबर हमलामा चीनका ह्याकरले अमेरिकाको कम्तिमा ३० हजार कम्पनीको मुख्य सर्भरमा पसेर त्यहाँको गोप्य डाटा चोरेको आरोप लागेको छ। 

यी संस्था सरकारी र निजी दुवै प्रकारका छन्।

यी कम्पनीको नेटवर्कमा पस्न ह्याकरले माइक्रोसफ्ट एक्सचेन्ज सर्वर सफ्टवेयरको प्रयोग गरेका थिए। ह्याकरले सबै कम्पनीको इमेल अकाउन्टभित्र पसेर कर्मचारी र कार्यालयबीच आदान प्रदान भएको सुचना चोरी गरेका थिए।

यस्ता साइबर आक्रमणको सुचना अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले दिने साइबर सुरक्षा विशेषज्ञले ह्याकरले संसारभरिका माइक्रोसफ्टका  हजारों एक्सचेन्ज सर्वरमा नियन्त्रण गरेको जानकारी दिएका थिए।

एक्सचेन्ज सर्वर मुख्य रूपमा  व्यवसायिक ग्राहकद्वारा उपयोग गर्ने गरिन्छ।

माइक्रोसफ्टले आफ्नो सुरक्षा प्रणालीमा भएको चुकप्रति खेद प्रकट गर्दै यसलाई सुधार गर्ने प्रतिबद्धता जनाएको छ।

स्मरण रहोस्, यस्तो आक्रमण पछिल्लो १२ महिनामा आठौं पटक भएको हो।

प्रकाशित मिति: : 2021-03-07 08:00:00

प्रतिकृया दिनुहोस्