साढे १० करोड  सिक्का छापिदै, २ रुपैयाँ सिक्का छाप्न २ रुपैयाँ ६७ पैसा लाग्ने

File photo
File photo

२ रुपैयाँको एउटा सिक्का छपाई गर्न लागि २ रुपैयाँ ६७ पैसा खर्च लाग्ने भएको छ। नेपाल राष्ट्र बैंकले २ रुपैयाँको सिक्का छाप्न अमेरिकी कम्पनी ‘द रोयल मिन्ट’लाई दिएको छ।

सो कम्पनीले कुल १० करोड थान सिक्का छाप्नेछ। न्युनतम दरमा आएको प्रस्तावअनुसार सो कम्पनीलाई सिक्का छपाईको जिम्मा दिइएको नेपाल राष्ट्र बैंक जनाएको छ। 

यसअघि १ रुपैयाँको सिक्का छपाईको लागि पोल्याण्डको मेनिका पोल्स्का एसए कम्पनी छनौट भएको थियो।

प्रकाशित मिति: : 2021-03-07 06:19:00

प्रतिकृया दिनुहोस्