रिपोर्ट महामारीको मारले वितृष्णा- ‘कस्तो देशमा जन्मिएछु!’

हिमाल खबर

काठमाडौँ

बिहान झिसमिसेमै ट्याक्सी लिएर तिनकुने, कोटेश्वर हुइँकिने गणेश तामाङ आजभोलि भने गोठमा भेटिन्छन्। बस्तुभाउसँग रमाउन खोजे पनि उनको मन एउटा कुराले घरीघरी घोचिरहन्छ, ‘कस्तो देशमा जन्मिएछु!’ उनी भन्छन्, “कस्तो देशमा जन्मिएछु। म अलग्गै ठाउँमा भएको भए यस्तो हुँदैनथ्याे कि। यो परिवारमा नजन्मेर धनी परिवारमा जन्मेको भए अर्कै हुन्थ्यो कि भन्ने मनमा आँउछ।”

उनको मनमा देशप्रति त्यसै यस्तो वितृष्णा जागेको होइन्। राज्य र त्यससँग जोडिएका विभिन्न संस्थाले उनलाई यस्तो बनाएका हुन्। उनी देशमै काम गर्ने भनेर विदेशबाट फर्केका थिए। विदेशमा ६ वर्ष बस्दा दिनको १६ घन्टा काम गरेर ल्याएको ५ लाख रूपैयाँमा ब्यांकबाट लिएको ऋण थपेर उनले ट्याक्सी किनेका थिए।

“फोन गरेर साह्रै तनाव दिएपछि लकडाउनमा ६० हजार खोजेर ब्याज दिएँ। दिएको १५ दिन भएको छैन, फेरि फोन आउँछ। पैसाको लागि ताकेता गर्छ,” तामाङ महामारीको पीडा सुनाउँछन्, “एक त कमाइ हुँदैन, त्यसमाथि ब्यांकको ताकेताले तनाव भयो। त्यस्तोमा ट्याक्सी चलाउँदा त झन् अर्को दुर्घटना हुनसक्छ। त्यो तनावबाट मुक्त हुन गाडीको चाबी ब्यांकमा बुझाएर आएँ।”
तर, कोरोना भाइरसको महामारीमा ब्यांकले त्यही ट्याक्सी पनि खोस्यो। “फोन गरेर साह्रै तनाव दिएपछि लकडाउनमा ६० हजार खोजेर ब्याज दिएँ। दिएको १५ दिन भएको छैन, फेरि फोन आउँछ। पैसाका लागि ताकेता गर्छ,” तामाङ महामारीको पीडा सुनाउँछन्, “एक त कमाइ हुँदैन, त्यसमाथि ब्यांकको ताकेताले तनाव भयो। त्यस्तोमा ट्याक्सी चलाउँदा त झन् अर्को दुर्घटना हुनसक्छ। त्यो तनावबाट मुक्त हुन गाडीको चाबी ब्यांकमा बुझाएर आएँ।”

ऋणको किस्ता र ब्याज तिर्न नसकेपछि ७ कात्तिक २०७७ मा उनले ब्यांकलाई ट्याक्सी मात्रै बुझाएनन्, आफ्ना सपना पनि बुझाए, जुन विदेशमा काम गर्दा देखेका थिए। त्यसयता भने उनको दिमागमा त्यही कुरा आइरहन्छ, ‘कस्तो देशमा जन्मिएछु!’
 

प्रकाशित मिति: : 2021-03-05 20:19:00

प्रतिकृया दिनुहोस्