अमेरिकाले एसिड आक्रमणमा परेकी वीगञ्जकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्युओसी) पुरस्कार प्रदान गर्ने निर्णग गरेको छ।
तेजाब हमला अन्त्यतर्फ लक्षित उनले गरेको कार्यका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
यो पुरस्कार पाउने उनी पहिलो नेपाली हुन्। यो पुरस्कार पाउने मध्ये उनी सबै भन्दा कम उमेरकी पनि हुन्।
प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले खातुनलाई विरगञ्जमा एसिड आक्रमण गरेका थिए।